२०८३ भाद्र २२ गते सोमवार

कांग्रेसले बाढी पीडितका लागि १ करोड दियो


दाङ, भदौ २२ ।


नेपाली काँग्रेसले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । त्यसक्रममा काँग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताहरू सहभागी थिए ।
भोटेकोशी / त्रिशुली नदीमा भदौ १० गते बिहान ९ बजेतिर आएको बिनासकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।

विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्य उपचार र सुरक्षित बास स्थानको व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले कांग्रेसले सरकारको राहात कोषमा एक करोड जम्मा गरेको महामन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *