२०८३ भाद्र १० गते बुधवार

लक्ष्मी नारायण मन्दिर परिशरको सरसफाइ


तुलसीपुर , भदौ १० ।


तुलसीपुर उपमहानगरपालिका – ६ रजौरास्थित लक्ष्मी नारायण मन्दिर परिशरको सरसफाइ गरिएको छ ।


बुधबार बिहान पूर्व सशस्त्र प्रहरी इकाइ तुलसीपुर कार्यसमितिका पदाधिकारीले मन्दिर परिशरको सरसफाइ गरेका हुन । हिन्दु धर्मालम्बीहरुका आउँदै गरेका बिभिन्न चाडपर्व तथा समनिकटमा आएको जनै पूर्णिमालाई लक्षित गरि मन्दिर परिशरको सरसफाइ गरिएको एक जना अभियान्ता तारा भन्डारीले बताए ।
भण्डारीले सरसफाइमा सहभागी सबैलाई धन्यबाद दिदै भविश्यमा पनि यस्ता समाज हितका कार्यमा पूर्व सशस्त्र इकाइ समिति सक्रिय भएर लाग्ने बताएका थिए ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *