
तुलसीपुर,भदौ ४ ।
दाङ प्रहरीले चार दिनको अवधिमा ३७ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
भदौको १ गतेदेखि ४ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न वन जंगलहरूको झाडीमा लुकाएर राखिएको अवस्थामा ३७ थान अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रबक्ता प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानका जंगलमा भरुवा बन्दुक लुकाई छिपाई अबैध भरुवा बन्दुक राखिएको भन्ने विशेष सूचनाका आधारमा साउन १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनमा खटिएका प्रहरी टोलीले बिभिन्न जंगलमा लुकाई राखिएका ती बन्दुक फेला पारेको प्रबक्ता केसीले बताए ।
यसअिघ पनि प्रहरीले जिल्लाको बिभिन्न स्थानका जंगलमा लुकाइ छिपाइ राखेका झन्डै तीन दर्जन जति बन्दुक बरामद गरि सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार