२०८३ भाद्र २ गते मङ्गलवार

पत्रकार किशोर श्रेष्ठलाई छोड्न परमादेश


दाङ, भदौ १ ।
पत्रकार किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न सर्वौच्च अदालतले आदेश दिएको छ ।

सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले जनआस्था साप्ताहिकका अध्यक्षसमेत रहेका श्रेष्ठलाई हाजिरी जमानीमा छोड्न आदेश गरेका हुन ।
हाजिरी जमानी र तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिदै सर्बौच्चले जिल्ला प्रहरी परिसर काठमाडौंको नाममा परमादेश जारी गरेको हो ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा दर्ता गरेकी थिइन । तर, अदालतल बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न भने अस्वीकार गरेको छ ।


साथै अदालतले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवासबाट नियन्त्रणमा लिइएका ६ वटा सिपियू, दुई वटा ल्यापटप सह रजिष्ट्रारको रोहबरमा फिर्ता गर्न आदेशपनि गरेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *