दाङ, साउन ३१ ।
जाजरकोटमा पहिरोमा परि दुई जना बेपत्ता छन् । थप सात जना घाइते भएका छन् ।
जिल्लाको भेरी नगरपालिका–२ रिसाङ परिहरोमा परि फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छन् ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पहिरोमा परि सात जना घाइते भएका छन्।
पहिरोमा परि वडा नं. २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं. १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक घाइते भएका छन् ।
घाइते मध्य शाहीको अवस्था गम्भीर छ ।
उनलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गरिएको छ ।
पहिरोबाट भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको छकोठे दुई तले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूरै बगाएको छ ।
