
तुलसीपुर, साउन ३० ।
दाङ अप्टिमिष्टिक क्लबले शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको छ । शनिबार घोराही – ७ स्थित माता पबित्रा साङ्गदेव गुरुकुल स्कुल उत्त्रर बाहिनीमा शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष प्रदिपसिंह गहतराजको अध्यक्षता तथा घोराही – १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न प्रदान गरएको हो ।
विद्यार्थीको अध्ययनमा सहयोग पुगोस तथा गुरुकुलको दैनिक व्यवस्थापनमा टेवा पुगोस भन्ने उद्देश्यले त्यो सहयोग गरिएको हो ।
प्रमुख अतिथि पाण्डेले शिक्षा र संस्कारको संरक्षणमा गुरुकुलले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै त्यहाँ अध्ययनरत बटुकहरूको आवश्यकता पूरा गर्न सहयोग गरेकोमा क्लबलाई धन्यबाद दिए ।
क्लबका संस्थापक निशान्त आचार्यले यस्तो सहयोगले आर्थिक तथा भौतिक स्रोतको अभावमा रहेका शैक्षिक संस्थालाई राहत पुग्नुका साथै विद्यार्थीको अध्ययनप्रति थप उत्साह बढ्ने विश्वास ब्यक्त गरे ।
