२०८३ साउन ३१ गते आइतवार

मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रलाई विश्वासमा लिइयोस – श्रेष्ठ

तुलसीपुर, साउन ३० र
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताएका छन ।
नारायणपुर उद्योग वाणिज्य संघको २२ औं साधारणसभामालाई शनिबार सम्बोधन गर्दै श्रेष्ठले राज्यले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका हुन ।

उनले उद्योगी–व्यवसायीले भोगिरहेका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न राज्यले स्पष्ट, स्थिर र व्यवसायीमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

उनले व्यवसायीका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

पछिल्लो समय उद्योगी व्यवसायीहरू विभिन्न आर्थिक तथा नीतिगत समस्याबाट प्रभावित भइरहेका भन्दै उनले व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन राज्यको ध्यान जान जरूरी रहेको बताए ।
श्रेष्ठले राज्य, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै दिगो आर्थिक विकास सम्भव हुने बताए ।
संघका अध्यक्ष अनिलकुमार बस्नेतको अध्यक्षता कार्यक्रम भएको हो ।

त्यसक्रममा शैक्षिक सत्र २०८२ को एस।ई।ई।का सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट छात्र ३.९१ जिपिए प्राप्त गर्ने श्री जनजागृति माविका समिर बिष्ट क्षेत्री र सर्वौत्कृष्ट छात्रा ३.९० जिपिए प्राप्त श्री सिद्घ रत्ननाथ माविकी आयुष्मा न्यौपानेलाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थागत विद्यालयतर्फ स्वर्गद्वारी बोर्डिङ स्कुलका ४ जिपिए प्राप्त गरेका प्रयास बस्नेत र सफल खड्का तथा सर्वौत्कृष्ट छात्राहरु ३.९६ जिपिए प्राप्त श्री पशुपति विद्याश्रमका कोमल सिंह रैदास र लक्ष्मी चौधरीलाई सम्मान गरिएको थियो ।

त्यस्तै घोराही– १०, नारायणपुरमा रहेको मानव कल्याण समाज (सेवाघर) की संयोजक अभियन्ता सुष्मिता श्रेष्ठ र लामो समयदेखि नारायणपुरमा निरन्तर व्यवसाय गर्दै आएका कमलप्रसाद डाँगीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *