

तुलसीपुर, साउन २९ ।
तुलसीपुरमा शुक्रबार दुई मोटरसाइकल आपसमा ठोक्किदा भएको दुर्घटनाका घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालका अनुसार घाइते मध्य तुलसीपुर उपमहानगरपालिका – १४ ड्वाँङपुरका ३३ बर्षीय कमेलश चौधरीको उपचारका क्रममा बाँकेको नेपालगंजस्थित न्यूरो हस्पिटलमा पौने ४ बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा परि तुलसीपुर – ६ का ३० बर्षीय वशन्त बस्नेत र २५ बर्षीय बिबेक बस्नेत घाइते छन् । उनीहरु सहोदर दाजु भाइ हुन । बस्नेत दाजु–भाइ दुबै जना नजिकैको ग्रेट अरनिको बोर्डिङ स्कूलका शिक्षकहरु हुन । यी घाइते दाजु भाइ मध्य दाजु बशन्तको तुलसीपुरस्थित सिटी हस्पिटलमा घाँटी नेरहेको हड्डीको अप्रेसन गरिएको विद्यालयका एक शिक्षकले बताए ।
भाइ बिबेकको अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल दाजुले हाँकेका थिए भने भाइ पछाडि सवार थिए ।
बिहान १० ः२५ बजेतिर शिक्षक दाजु भाइ उत्तर बाट दक्षिण गुम्ह्ररा चोक हुँदै भाइलाई मुनाल गेष्ट हाउस नजिकैको सिशु कक्षामा पुर्याउन जाँदै गर्दा उनीहरु सवार लु.प्र.०२–००१ प ११४७ नम्बरको मोटरसाइकल र बिपरित दिशा दक्षिण बाट उत्तर बजार तर्फ आउँदै गरेको मृतक चौधरी सवार रा ३ प ८८५५ नम्बरको मोटरसाइकल गुम्ह्राचोक भन्दा केही उत्तरमा आपसमा ठोक्किएका थिए ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
साउन २१ गते मात्रै सोही सेरोफेरोमा तुलसीपुर – ११ कटाँहाकी २१ बर्षीया कल्पना केसी डाँगीको सवारी दुर्घटनामा परि मृत्यु भएको थियो ।
प्रहरीका अनुसार त्यो दिन दिउँसो साढे १२ बजेतिर तुलसीपुर बजार बाट राप्ती राजमार्ग हुँदै दक्षिण गुम्ह्रा चोक तर्फ गइ रहेको तुलसीपुर उपमहानगरपालिकाको फोहर बोक्ने रा १ ग २२ गाडी (टिप्पर) र कल्पना सवार रा ४ प ७९४५ नम्बरको स्कुटी एकै दिशामा गइ रहेका थिए ।
त्यही दक्षिण बाट उत्तर बजार तर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले क्रममा कल्पना सवार स्कुटीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्कर बाट सन्तुलन गुमाउँदै सडकमा लडेकी कल्पनालाई फोहर बोक्ने नगरपालिकाको टिप्परले पछाडिको चक्काले किचेको थियो । गम्भीर अवस्थाकी कल्पनालाई तत्कालै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइ उचारका क्रममा उनको दिउँसो साढे १ बजेतिर मृत्यु भएको थियो ।
इप्रका तुलसीपुका प्रमुख डिएसपी होबहादुर पराजुलीका अनुसार मोटरसाइकल चालक सल्यानको शारदा नगरपालिका – ९ का ३१ बर्षीय भुपेन्द्रसिंह पुन र नगरपालिकाको टिप्पर चलाक तुलसीपुर – ११ बेलगनाका २७ बर्षीय गोपाल चौधरी प्रहरी नियन्त्रणमा छन् ।
उनीहरुका बिरुद्ध सवारी ज्यान सम्बन्धि मुद्दा चलाउने गरि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
