२०८३ साउन २७ गते बुधवार

सुर्खेतमा श्रीमतिलाई पेट्रोल छर्केर आगो लगाइ हत्या प्रयास गरेको आरोपमा श्रीमान पक्राउ

दाङ, साउन २७ ।
सुर्खेत प्रहरीले श्रीमतिलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमानलाई पक्राउ गरेको छ ।
मंगलबार बेलुकी ५ बजेतिर जिल्लाको भेरीगंगा नगरपालिका – १३ रामघाटका ४९ बर्षीय जयबहादुर रानाले आफ्नी ५० बर्षीया श्रीमति महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो सल्काए पछि उनी गम्भीर जलनमा परेकी छन् ।

१८ बर्षीया छोरी पुष्पा रानाले देखेपछि आगो निभाएर सवा ६ बजेतिर तत्काल उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्‍याएकी थिइन ।

घाइते महेश्वरीलाई पौने ७ बजेतिर थप उपचारको लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो ।
भेरी अस्पताल बाट जलनमा परेकी महेश्वरीलाई थप उपचारका लागि राति ११ बजे छिमेकी देश भारतको लखनउका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।
महेश्वरीको अनुहार, घाँटी र शरीरको बिभिन्न भागमा गरि करिब शरीरको ३६ प्रतिशत जति भाग जलेको चिकित्सकले जनाएका छन् । उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनका छोरा नाता पर्ने प्रहरी जवान देबेन्द्र थापा नेपाल प्रहरी बिशेष सुरक्षा गण वेस क्याम गुमी सुर्खेतमा कार्यरत रहेको प्रहरीले जनाएको छ । श्रीमतिको हत्या प्रयासले आगो लगाएको आरोप खेपेका श्रीमानको पनि कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार श्रीमान मदिराका अम्मली थिए । श्रीमतिले संधै मदिरा सेवन गरि रहने भए आँफुले आगो लगाएर आत्मदाहा गर्ने चेतावनी दिएकी थिइन । त्यही क्रममा सामान्ने बिबादकै क्रममा श्रीमति शरीरमा पेट्रोल छर्केर श्रीमान सामु पुगेकी थिइन ।
आँफुले शरीरमा पेट्रोल छर्केको र खान नछोडे आगो लगाएर मर्ने चेतावनी दिएपछि नजिकै रहेका श्रीमानले पनि ‘लौ मर’ भन्दै सलाइको काँटी कोरेर दिए पछि आगो सल्किएको खुल्न आएको डिएसपी बोहराले बताए ।
घटना बारे थप अनुसन्धान हुने पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *