
तुलसीपुर , साउन १३ ।
३५ केजी चरेससहित दाङबाट रुकुम पूर्वका एक युवा पक्राउ परेका छन् ।
रुकुम पूर्वको भूमे गाउँपालिका–२ का २६ वर्षीय हिक्मत पुन ३५ केजी ५५० ग्राम लागुऔषध चरेससहित दाङको गढवा बाट बुधबार पक्राउ परेका हुन ।
दाङका प्रबक्ता प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीका अनुसार पुन पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनी बाट बुधबार बिहान १० बजेतिर पक्राउ परेका थिए ।
अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्वरको ईभी हाइस गाडी चेकजाँचका क्रममा पुनलाई पक्राउ गरेको थियो ।
गाडीमा रहेका दुईवटा झोला र एउटा सुटकेस जाँच गर्ने क्रममा प्लास्टिकले प्याक गरिएको ३५ प्याकेटमा रहेको ३५ केजी ५५० ग्राम चरेस बरामद भएको नायव उपरीक केसीले जानकारी दिए ।
पुन माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
