
दाङ, साउन १३ ।
बाँकेमा निर्माणाधिन सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा तीन जना मजदुरको मृत्यु भएको छ ।
बुधबार बिहान करिब ९ बजेतिर कोहलपुर नगरपालिका–३ शान्ति टोलमा दयाप्रसाद थारुको डिपिसी गरी पिलर उठाइएको घरको आँगनमा निर्माण भइरहेको सेप्टिक ट्याङ्कीमा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोहलपुर – ३ का अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन् ।
प्रहरीले जेसेबीको सहयोगमा सेप्टिक ट्याङ्की फुटाएर तीन जनाको शब बाहिर निकालेको थियो । प्रहरीले तीनै जनालाई मृत अवस्थामा फेला पारिएको जनाएको छ।
तीनै जनाको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
