२०८३ साउन ९ गते शनिवार

ओली र प्रचण्डका बीचमा प्रदेश सरकारमा भाडबण्डा गर्ने सहमति


दाङ, साउन ९ ।
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बीचमा मुलुका पाँच प्रदेशमा सत्ताका लागि भागण्डा गर्ने सहमति भएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) का बीचमा त्यस्तो सहमति भएको हो ।
सार्वजनिक सहमति पत्र अनुसार लुम्बिनी, बागमती र कोशीमा एमालेले नेतृत्व गर्ने छ भने कर्णाली र सुदुरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्ने छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिइ सकेका छन् । लुम्बिनीमा एमालेकै नेतृत्व छ । सुदुरपश्चिममा भने काँग्रेसका मुख्यमन्त्री छन् ।
त्यस्तै मधेस र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरि सहमति गर्ने ओली र प्रचण्का बीचमा सहमति भएको सार्वजनिक सहमति पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *