दाङ, साउन ९ ।
रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ ।
सुनछहरी गाउँपालिका–१ का सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएका स्थानीय पहिरोमा पुरिएका स्थानीय ५१ बर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको शव फेला परेको हो ।
त्यस्तै स्थानीय ६० वर्षीय कुले घर्ती मगर घाइते छन् ।
उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ भने उपचारका लागि स्थानीय सेरम स्वास्थ्य चौकीतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयबासीका अनुसार घटना हुँदा सो क्षेत्रमा ३ जना मात्र गोठाला गएका थिए ।
सोही पहिरोका कारण ४ वटा बाख्रा र २ वटा गाई पनि मरेका छन् । पहिरोमा परेका अन्य चौपायाहरूको खोजतलास जारी रहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन ९ गते शनिवार
