
तुलसीपुर, साउन ८ ।
जालसाजी गरि अर्कैैलाई बेचिएको जग्गा ६७ बर्षीया मुलजिता रोकाले ५ बर्ष पछि फिर्ता पाएकी छन् ।
मुलजिताले बिहीबार मात्रै घोराही उपमहानगरपालिका –७ सौंडियारको करोडौं मूल्यको १० कट्ठा ८ धुर जग्गा आधिकारिक रुपमा फिर्ता पाएकी हुन ।
रोल्पाको थवाङ–४ बाट घोराही झरेर जग्गा किनेकी मुलजिता एक एकल महिला हुन ।
मुलजिताले आाँफुले जग्गा किनेर भाडामा लगाएपनि आँफु भने घोराही–१४ मा डेरा गरी बस्दै आएकी थिइन । छोरी पेम्वाको उच्चशिक्षाका लागि खर्च पुर्याउन मुस्किल परेपछि मुलजिताले २०७८ असार १६ गते जग्गा भाडामा दिएकी थिइन । जग्गा भाडामा लग्ने ब्यक्ति भदैको साथी घोराही–१५ का टिका बुढा ९रञ्जित० थिए । जस्ले वार्षिक २४ हजार भाडा तिर्ने गरी १० वर्षका लागि जग्गा भाडा लगेका थिए ।
मालपोत कार्यालयको लिखत अनुसार रञ्जितले मुलजितालाई झुक्यार त्यो जग्गा ११ दिनपछि २०७८ असार २७ गते जग्गा घोराहीका लक्ष्मण शर्मालाई बेचेको देखिन्छ । उनले कृषि फर्म खोल्नका लागि एक करोड ऋण लिन लागेको हुँदा मालपोतमै गएर दस्तखत गरिदिन मुलजितालाई आग्रह गरे । सोझी मुलजिताले मालपोतमा गइ हस्ताक्षर गरेकी थिइन ।
त्यसपछि जग्गा कानुनीरुपमै लक्ष्मण शर्माको नाममा लिखत पास भएको थियो ।


शर्माले पनि त्यो जग्गा २०८१ फागुन ८ गते घोराहीका परशुनारायण श्रेष्ठलाई बेचेका थिए । तर, मुलजितालाई त्यो कुराको सुँइको सम्म भएन । अर्कौ तर्फ रञ्जितले भने जसरी जग्गा भाडा बाफतको पैंशापनि दिएका थिएनन् । त्यही बीच मुलजिता २०८२ जेठमा मालपोत कार्यालयमा जग्गाको कर ९तिरो० तिर्न भनेर गइन ।
मुलजिताले मालपातेका कर्मचारी बाट आफ्नो जग्गा दुई पटक किनबेच भइ सकेको र तेस्रो व्यक्तिको नाममा पुगेको भन्ने यथार्थ थाहाँ पाएपछि पत्रकार सम्मेलन गरि हारगुहार गरिन ।
न्यायका लागि आचना गरिन ।
मुलजितालाई जालसाजी गरि ठगी गर्नेहरुले उल्टै धाकधम्की दिए । मुलजिता निडर भइ जग्गा फिर्ता पाउनु पर्ने कुरामा लागेपछि रञ्जित हच्किए । रञ्जितका आफन्तले जालसाजी गरि अर्कैको नाममा पुगेको जग्गा फिर्ता दिलाइ दिने आश्वासन दिए ।
त्यो आश्वासनका कारण मुलजिता जग्गा फिर्ता पाइने आशमा केही समय चुपचाप बसिन । रञ्जितले फेरि मुलजितालाई झुक्याउँदै गए । मुलजिता अब कानुनी लडाइ लड्ने निष्कर्षमा पुगिन । मुलजिताकी छोरी पेम्वा तामाङले आफू अंशियारलाई थाहै नदिई जग्गा बेचिएको भन्दै दाङ जिल्ला अदालतमार्फत जग्गा रोक्का गरिन ।
यो मुद्दा पछि जग्गा रोक्का भएपछि भने जग्गाको कारोबार रोकियो ।
तत्कालिन नेकपा माओबादीका नेता समेत रहेका रञ्जितलाई राजनीतिक संरक्षण थियो । उनी पूर्व सभामुख कृष्णबहादुर महराका कान्छा ज्वाँइ हुन ।
पूर्व सभामुख महरालाई ज्वाँइ मार्फैत आँफु ठगीएको कुरा गरिन । अरु नेताहरु पनि गुहारिन । मुलजिता रञ्जितललाई खोज्न धेरै पटक काठमाडौं जानु पर्यो । लाखौं खर्च भयो र महिनौ काठमाडौंमा बस्नु पर्यो । मुलजिताले हरेस खाइनन् ।
पेम्बाले जालसाँच सम्बन्धि दुई वटा, राजीनामा लिखत सम्बन्धि दुई वटा र एउटा अंश मुद्दा गरि पाँच वटा मुद्दा अदालतमा दिएकी थिइन । त्यो मुद्दा अझैं बिचाराधिन छ ।




मुलजिताले त्यही बीच राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्व संचारकर्मी सुवाश शर्माले भेटेर सहयोगका लागि याचना गरिन ।
शर्माले मुलजितालाई ढाडस मात्रै दिएनन् बरु साथ सहयोग गरे । प्रहरी प्रशासनदेखि जालसाजी गरि जग्गा किनबेच गर्ने सबै संग कुरा गरे । उनको सहजीकरण पछि मुलजिताले जग्गा प्राप्त गरेकी हुन ।
