२०८३ मङ्सिर ९ गते मङ्गलवार

एउटै मोटरसाईकलमा फरक – फरक २ वटा नम्बर प्लेट ?


दाङ,साउन १३ । दाङ प्रहरीले एउटै मोटरसाईकलमा दुईवटा फरक–फरक नम्वर प्लेट फेला पारेको छ । वडा प्रहरी चौकी रामपुरले एरियामा चेकजाँच तथा गस्तिका क्रममा दुईवटा नम्वर प्लेट भएको मोटरसाईकल फेला पारेको हो । अगाडि रा १ प ९२३८ र पछाडि रा १ प ४२७२ नम्वरको मोटरसाईकल असार ७ गते फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हालसम्म सम्वन्धित सवारी धनि सम्पर्कमा नआएको हुँदा आवश्यक सवारी धनि कागज पत्रसहित मोटरसाईकल लिन आउन प्रहरीले आग्रह गरेको छ ।

महिनादिन विति सक्दापनि मोटरसाईकल दाबी गर्न कोही नआएको हुँदा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले आवश्यक काजग पत्रसहित आएर उक्त मोटरसाईलकल लैजान आग्रह गरेका छन् । मोटरसाईकल चोरीको हुन सक्ने वा त्यो गलत कामको लागि दुईवटा नम्बर प्लेट राखेको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *