
दाङ, असार ३१ ।
प्यूठानमा बुधबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परि
एक जना ७ बर्षीय बालकको मृत्यु भएको छ । अर्का ७ बर्षीय बालक घाइते छन् । जिल्लाको नौबहिनी गाउँपालिका – ५ दामृमा दिउँसो पौने ३ बजेतिर रोकी राखेको राखेको भे २ त २०१९ नम्बरको ट्रयाक्टर एकाएक ब्याक भएको थियो ।
ट्रयाक्टर ब्याक भइ अन्दाजी ४०० मिटर तल खसेपछि स्थानीय गंगा घर्तीका ७ बर्षीय छोरा कुन्डन घर्ती गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थाका कुन्डनलाई जिल्ला अस्पताल बिजुवार पुर्याउना साथ चिकित्सकले बेलुका साढे ६ बजेतिर मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनामा परि स्थानीय रिमबहादुर बुढाका ७ बर्षीय छोरा पारश बुढा घाइते छन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी छ ।
जिल्लाका प्रहरी निरीक्षक कैलाश पराजुलीले ट्याक्टरका साहुसमेत रहेका चालक नौबहिनी –५ का २१ बर्षीय बिकाश परियार फरार छन् । उनको खोजी भइ रहेको छ ।
