२०८३ असार २९ गते सोमवार

काठमाडौंका ३ मिडिया हाउसको प्रबेश द्धारमा गाडी पार्किङ गरि अवरोध सृजना

दाङ, असार २९ ।


काठमाडौंका तीन मिडिया हाउसको कार्यालय अगाडि बेवारिसे अवस्थामा गाडीहरु पार्किङ गरिएको पाइएपछि प्रहरीले त्यसको अनुसन्धान थालेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र अनलाइन खबर द्धारा नै संचालित हिमालय टेलिभिजनको प्रवेशद्वारमा अवरोध पुग्ने गरी बिहान ७ तिर निजी नम्बरका कारहरु पार्किङ गरि राखिएको छ ।


जस्ले गर्दा मिडिया हाउसका गाडीहरु आव जाउ गर्न कठिनाइ भएको छ । पत्रकार रिपोर्टिङमा जान सकिरहेका छैनन् ।
प्रहरीले मिडिया हाउसका गेट अगाडि अनाधिकृत रुपमा गाडी पार्किङ गरि अवरोध सृजना गर्नेहरुको खोजी थालेको छ । आवश्यक कारबाहीका लागि कान्तिपुरको कार्यालय अगाडि पार्किङ गरिएको गाडीमा प्रहरीले ह्विल लक पनि लगाएको छ ।


बिहीबार दिउँसो काठमाडौं महानगर प्रहरीले मोटरसाइकलमा लक लगाइदिए पछि मुगुका २५ बर्षीय गणेश नेपालीले आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो । त्यसबारे मिडिया हाउसले महानगर प्रहरीको ज्याजदी बारे समाचार लेखेका थिए ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *