२०८३ असार २२ गते सोमवार

१० बर्षे बालकको हत्या पछि फरार युवक पक्राउ


दाङ, असार २२ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१७, धर्जनाका १० वर्षीय तनुज चौधरीको हत्या आरोपी पक्राउ परेका छन् ।

असार १० गते साँझ ५ बजेदेखि बेपत्ता उनको शव असार १२ गते स्थानीय कालिका सामुदायिक वनमा फेला परेको थियो । घटना लगतै गौरीगंगा नगरपालिका – ६ का २५ खगेन्द्र भनिने खेमराज कठायत फरार थिए ।
कठायत धनगडी उपमहानगरपालिका – २ स्थित नेपाल – भारत भन्सार रोडबाट सोमबार दिउँसो पक्राउ परेका हुन ।
कैलालीका प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेका कठायतले चनुजको कानको मुन्द्रा लुट्न ढुगा प्रहार गरि हत्या गरेको प्रहरी समक्ष प्रारम्भीक बयानका क्रममा स्वीकार गरि सकेका छन् ।

बुबा मीनराज चौधरीका अनुसार तनुजको दाहिने कानमा करिब २ आनाको सुनको मुन्द्रा थियो। हत्या पछि उनको सुनको मुन्द्रा कानमा फेला परेको थिएन । कठायतले लागुऔषध सेवन कर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *