
तुलसीपुर असार २१ ।
रोटरी क्लब अफ तुलसीपुर सिटीको २०औँ तथा रोट्रयाक्ट क्लब अफ तुलसीपुरको १३ औँ पदहस्तान्तरण कार्यक्रम शनिबार तुलसीपुरमा भयो ।
एकै थलोमा एकै साथ आयोजित कार्यक्रममा यी दुबै क्लवका पदाधिकारीहरुलाई जिम्मेवारी सुम्पिने काम भएको हो ।
रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष देवेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व अशिष्टेन्ट गभर्नर कुशल तर्ताल प्रमुख अतिथि थिए ।
कार्यक्रममा वर्ष सन २०२५/२०२६ का अध्यक्ष सन्दिपन रिजालले वर्ष २०२६–२०२७ का अध्यक्ष देवेन्द्र केसीलाई पद हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पेका थिए ।
नव निर्वाचित कार्यसमितिमा भावि अध्यक्ष बुद्धप्रकाश सिंह, प्रस्तावित अध्यक्ष मनोज बस्नेत, प्रथम उपाध्यक्ष रूपेश शर्मा, दृतिय उपाध्यक्ष दिपेश भण्डारी, तृतिय उपाध्यक्ष सचिन पौडेल, कोषाध्यक्ष हेमराज बस्नेत, सहसचिव दुर्गा खड्का र मर्यादापालक नवीन राई छन् ।
त्यस्तै रोट्रयाक्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा सन्दिपन भुसाल चयन भएका छन् । कार्यसमितिको भावि अध्यक्षमा दीपक केसी, सचिवमा चन्दन वली र कोषाध्यक्षमा प्रदीप छिमिरे चयन भएका छन् ।
कार्यक्रममा पूर्व एजी बीरबहादुर रावतले जिवन र जगत बदल्ने अभिभावकको सुरु वात रोटरी बाट हु्न सक्ने भन्दै सुन्दर भविश्यका लागि नव युवाहरु यसमा जोडिन आवश्यक रहेको बताए । बिशिष्ट अतिथि समेत रहेका रावतले रोटरी क्लबले हरेक सदस्यको जिवनमा सकारात्मक उर्जा थप्न मदत पुग्ने चर्चा गरेका थिए ।
त्यस्तै क्लवका निवर्तमान अध्यक्ष सन्दिपन रिजालले आफ्नो कार्यकालमा सहयोग, साथ र विश्वास गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वले अझ सिर्जनशील, प्रभावकारी र समाजमुखी कार्यक्रममार्फत क्लबको गरिमा थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ दाङकी उपाध्यक्ष नारायणी रजैरे, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने, रोटरी क्लबका पुर्व अध्यक्षहरु तुफानबाबु श्रेष्ठ ,ईन्जिनियर पवन योगी लगाएतले सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रमको सहजीकरण क्लबका सचिव बीरबहादुर भण्डारी (मोहन) ले गरेका थिए ।