तुलसीपुर, असार २१ ।
दाङको शान्तिनगरमा थुपारेको काठको थुप्रोमा खेल्दै गरेका एक बालकको च्यापिएर मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका– १७ लालपुरका ८ बर्षीय आरब बिकको काठले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी हेमबहादुर केसीले जानकारी दिए ।
आरब मिथुन बिकका छोरा हनु । उनी शान्तिनगरस्थित मामाको घरमा बस्दै आएका थिए । प्रहरीका अनुसार शाान्तिनगर गाउँपालिका–४ स्थिति कटान पछि भण्डारण गरि राखेको काठको थुप्रोमा खेल्ने क्रममा काठ घर्किएर च्यापिए पछि बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आरब खेल्ने क्रममा काठ भण्डारण गरि राखेको ठाउँमा पुगेका थिए । उनका बुवा युकेमा रहेको खुलेको छ । बु्वाले भने आफ्नो छोराको मृत्यु शंकाष्पद भएको दाबी गरेका छन् । उनले मिडिया मार्फत घटना छानविनको माग गरेका छन् ।
आमा बुवाको बीच सम्बन्ध बिच्छेदपछि आरब शान्तिनगरस्थित मामा घरमा बस्दै आएको भन्ने खुलेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।