कुरिनटारबाटसमेत गोतखोर टोली कर्णाली पुगे

दाङ, असार २० ।
भीरबाट खसेर कर्णाली नदीमा अलप भएको गाडी संगै बेपत्ता भएका चार जनाको पहिचान खुलेको छ ।
जस्मा सहोदर दाजुभाइसहित चार जना छन् ।
गाडी संगै कर्णालीमा खसेर हालसम्म फेला नपरेकाहरुमा सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका चालक तुलसीराम सुबेदी, उनका सहोदर दाजु तथा सहचालक रामप्रशाद सुबेदी, कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी सृर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिका – ९ का मेखे तिरुवा रहेको बैतडीका प्रबक्ता प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिएका छन् ।

कालीकोट पाचल झरना गाउँपालिका – ९ का ४५ बर्षीय जेखे तिरुवाको शब भने भीरमा अड्किएको अवस्थामा फेला परेको थियो । उनको शब आफन्तले बुझी सकेका छन् ।बेपत्ता गाडी र मानिसहरुको गोताखोरले खोजी गरि रहेका छन् । सुर्खेतबाट खटिएका सशस्त्र प्रहरीका ६ जना गोताखोरहरुले नियमित खोजी गर्दै आइ रहेका छन् ।
त्यस्तै बेपत्ता गाडी तथा यात्रुको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाटसमेत गोतखोर टोली कर्णाली पुगेको छ ।सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमान्डमा चार जना गोताखोरसहितको टोली घटनास्थल पुगेर उपकरणसहित खोजीकार्य सुरु गरेको हो । यो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर र म्याग्नेट लगायतका उपकरणपनि खोजी कार्यका लागि लगेको छ ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबहाक फोर्स गाडी बिहीबार बिहान बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ७ स्थित कर्णाली नदीमा खसेको थियो । गाडी झन्डै ४०० मिटर मुनीको कर्णाली नदीमा खसेको थियो । दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडा बाट ३ किलोमिटर उत्तर तर्फ पर्छ ।
बर्षा र धमिलो पानीका कारण खोज तथा उद्धारको कार्यमा कठिनाइ भइ रहेको प्रहरीले जनाएको छ । हालसम्म कर्णालीमा डुबेको गाडीसमेत फेला पर्न सकेको छैन ।