
दाङ, असार १८ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले हेलमेट बिना नै मोटरसाइकल कुदाएको भन्दै जरिवाना तिराएको छ ।
सवारी नियम उल्लंघन गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्य सहितको प्रहरी टोलीले बिहीबार मुख्यमन्त्री शाहको निवासमै पुगेर पाँच सय रुपैयाँ जरिवाना तिराएको हो ।
मुख्यमन्त्री शाहले मंगलबार बmेलुकी आफ्नो सरकारी निवासमा आफन्तले ल्याएबो बुलेट बाइक बिना हेलमेट चलाएका थिए ।
लामो समयदेखि शारीरिक अस्वस्थ रहेका कारण बैशाखीको सहायताले हिडडुल गर्दै आएका मुख्यमन्त्रीले आफ्नै निवासको कम्पाउण्डभित्र बिनाहेलमेट बुलेट बाइक चलाएको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको थियो।
बिनाहेलमेटसहित मुख्यमन्त्रीले बुलेट बाइक चलाएको समाचार बाहिरिएपछि ट्राफिक नियम उलंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही स्वरुप उनलाई पाँच सय रुपैयाँ जरिवाना तिराएको हो। मुख्यमन्त्री शाहकै स्वकीय सचिवले टिकटकमार्फत मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गरेका थिए।