२०८३ असार १८ गते बिहिवार

घोराहीको लक्ष्मीपुरकी १० बर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु


तुलसीपुर, असार १७ ।


घोराहीको लक्ष्मीपुरस्थित बाँधमा डुबेर १० बर्षीया एक बालिकाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका – ४ लक्ष्मीपुर चोक नजिकको सिंचाइका लागि मानव निर्मित ड्याममा स्थानीय १० बर्षीया आषिका घर्तीको बुधबार मध्यान्ह पौडीखेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा.हेमबहादुर केसीले बताए ।
उनी स्थानीय जुनमाया घर्तीको छोरी हुन । आषिकाले सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा पढ्थिन । आषिका बुधबार बिहान दिदी संग घरबाट विद्यालय गएकी थिइन । तर, पेट दुखेको भनेपछि उनी दिदी संगै घर फर्किएकी थिइन ।

घर फर्किने क्रममा घरदेखि झन्डै पाँच सय मिटर नजिकको मानव निर्मित लक्ष्मीपुर बाँधमा उनी पौडी खेल्नका लागि पसेको समयमा डुबेर बेत्तपा भएकी थिइन । बहिनी डुबेर बेत्तपा भएको खबर तत्काल दिदीले अबर गरेकी थिइन । त्यो सूचना पाउना साथ प्रहरी, स्थानीयका साथै नेपाली सेनापनि खोजीका लागि खटिएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा.हेमबहादुर केसीका अनुसार खोजीका खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले दिउँसो १ बजे बालिकाको शब पोखरीबाट निकालेको थियो ।
अचेत अवस्थाकी उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *