२०८१ बैशाख १४ गते शुक्रवार

बाँकेको एक पानी उद्योगलाई २ लाख रुपैंया जरिवाना

दाङ,साउन १० । बाँकेको एक पानी उद्योगलाई कारवाहीमा परेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले बैजनाथ गाउँपालिका वडा नं. ५ को मध्यपश्चिम उद्योगलाई कारवाही गरेको जानकारी दिएको छ ।

उद्योग सञ्चालकले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको गुनासोको आधारमा दुई लाख रूपैंया जरिमाना तोकिएको छ । अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *