२०८१ बैशाख २२ गते शनिवार

दागी नेतालाई कारर्बाही गर्न जन दवावको आवश्यकता

सुशील बस्नेत,दाङ, बैशाख ११ । दाङका राजनीतिक दलका नेताहरुले दागी नेतालाई कारर्बाही गर्न दवाव सृजना आबश्यक रहेको बताएका छन् ।

१८ औ लोकतन्त्र दिवसका सन्र्दभमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भ्रष्टचारका बिभिन्न घटनामा मुछिएका दागी नेताहरुलाई कारर्बाहीका लागि जनदवावको आबश्यकता रहेको बताएका हुन ।


दागी नेताहरुलाई कारर्बाही,लोकतन्त्रको रक्षा र सुशासनको लागि नागरिक खवरदारी,एनसेल महाघोटा सम्बन्धमा उच्च स्तरीय न्यायीक छानविन आयोग गठन बिषयक शान्ति समाजको अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेसका नेता सुरेश हमाल, नेकपा एमालेका रुपबहादुर खत्री र नेकपा माओबादी केन्दका डिल्ली अधिकारीले राजनीतिक दलले कुनै पनि बहानामा राज्य शक्तिको पहुँचको भरमा दाग लागेका नेताहरुलाई संरक्षण गर्न नहुनेमा जोड दिए । मुलुकमा सुशासन कायम गर्नका लागि पार्टी भित्र पनि सुशासन प्रबद्र्धनका लागि ब्यापक छलफल हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सचिव र्निमल नेपाली,केन्द्रीय सदस्य तुलसीराम सुनार, पूर्व केन्द्रीय उपसभापति मोहन धिताल,शाखाका संस्थापक सभापति डिल्लीराज धिताल र निर्वतमान सभापति नविन पोख्रेलले लोकतन्त्रको महत्व,मानव अधिकारका लागि सुशासनका बारेमा चर्चा गरेका थिए ।

सोही अबसरमा उच्च अदालत बार तुलसीपुरका उपाध्यक्ष श्रीराम चौधरी,महिला अधिकारकर्मी सुष्मा गिरी, राष्ट्रिय अपाङग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले लोकतन्त्र प्राप्तीका लागि भएको जनआन्दोलनको स्मरण गराए ।


शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष यज्ञ बिकले र सहजिकरण सचिव अमृत प्रसाद शर्माले गरेका थिए ।


शान्ति समाजले प्रत्येक बिबिध कार्यक्रमका साथ लोकतान्त्र दिवस बैशाख ११ गते गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *