२०८१ जेष्ठ १ गते मङ्गलवार

१३ बर्षपछि पक्राउ परे १० बर्ष कारबास तोकिएका ब्यक्ति

दाङ, वैशाख १६ । १३ बर्षपछि दश बर्ष कैद सजाय तोकिएका एक ब्यक्ति पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरी टोलीले जिल्लाको साबिक तोरबाङ गाबिस – ५ र हालको झिमरुक गाउँपालिका – ६ का जिवा ढकाललाई पक्राउ पछि अदालतमा बुझाएको हो ।


अदालतको आदेशले उनलाई तोकिएको सजाय भुक्तान गर्नका लागि आइतबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर थापाले जानकारी दिए ।


यामबहादुर ढकालको जाहेरी माथि सुनाई गर्दै बाँके जिल्ला अदालतले २०६८ बैशाख १७ गते प्रतिबादी जिवा ढकाललाई १० बर्ष कैद सजाए तोकेको थियो ।


प्यूठान जिल्ला अदालतको लगत नं. ५२६ मा ९ बर्ष १० महिना २७ दिन जिवा ढकालले अझैं सजाय भुक्तान गर्नुपर्ने कुरा उल्लेख रहेपनि उनी फरारको सूचिमा थिए ।
फैसला कार्यान्वयनको लागि फरार प्रतिबादी खोज तलास गर्ने क्रममा उनी फक्राउ परेको डिएसपी थापाले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *