२०८२ बैशाख ३० गते सोमवार

भारतीय यात्रु बोकेको बस दुर्घटना : २१ जना घाइते


दाङ,बैशाख ५ ।लमही–कोइलावास सडकखण्डको चिसापानी नजिकै भारतीय यात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा २१ जना घाइते भएका छन्।

युपी ३२ एम एन ९५६६ नम्बरको भारतीय यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय गढवाले स्थानीयको सहयोगमा घाइतेहरूको उद्दार गरेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

उनीहरूलाई गढवा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत भारतको तुलसीपुरस्थित स्वास्थ्य केन्द्रतर्फ रिफर गरिएको छ।

बस लखनउबाट पोखरातर्फ जाँदै थियो। बसमा सवार यात्रुहरु भारतीय सेनाका परिजन रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

गम्भीर घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि भारततर्फ लैजाने तयारी भइरहेको गढवा प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। तीव्र गतिमा आएको बस मोडमा सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।

दुर्घटनाले लमही—कोइलावास सडकखण्डमा ट्राफिक सुरक्षाको अवस्था र बस संचालनमा हुने लापरबाहीप्रति फेरि एकपटक प्रश्न उठाएको छ।

यात्रु सुरक्षाको ग्यारेन्टी, चालकको तालिम तथा सडक अवस्थाबारे सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *