
तस्बिर : राजेश खत्री
तुलसीपुर, भदौ ४ । दाङमा ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्यामा कमी आउन सकेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक बर्ष २०७८÷०७९ को पहिलो महिना अर्थात साउनमा मात्र ३ हजार १ सय ५० सवारी साधन चालक कारबाहीमा परेका छन ।
ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव निरीक्षक थम्मन जिसीले सवारी कारबाहीबाट एकै महिनामा २० लाख २७ हजार राजश्व संकलन भएको जानकारी दिए ।
उनका अनुसार सवारी नियम उल्लघन गर्नेमा सबैभन्दा बढी मोटरसाईकल चालक रहेका छन । कार्यालयको तथ्याङ्क हेर्दा साउन महिनामा १ हजार ५ वटा मोटरसाइकल चालकलाई कारवाही गर्दा ६ लाख ६९ हजार ५ सय रुपैया राजश्व सकंलन भएको छ ।
त्यस्तै ,९ सय २० वटा ट्रक चालकलाई कारवाही गर्दा ६ लाख २० हजार ५ सय,३ सय २० वटा बसलाई कारवाही गर्दा १ लाख ८१ हजार,४ सय १० वटा जिप÷कारलाई कारवाही गर्दा २ लाख ४३ हजार ५ सय,२ सय ६३ ट्याक्टरलाई कारवाही गर्दा १ लाख ६७ हजार र २ सय ३२ अटोलाई कारवाही गर्दा १ लाख ३५ हजार ५ सय रुपैया राजश्व सकंलन भएको ट्राफिक प्रमुख जिसीले जानकारी दिए । ।
अधिल्लो आर्थिक बर्ष ०७७÷७८ मा ट्राफिक प्रहरी कार्यालय दाङले सवारी नियम उल्लघन गर्ने ५६ हजार ३ सय ८२ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ३८ लाख ५३ हजार ५ सय रुपैया राजश्व संकलन गरेको थियो । जसमध्ये १८ हजार ३ सय ७६ वटा मोटरसाइकललाई कारवाही गर्दा १२ लाख ८९ हजार राजश्व सकंलन भएको थियो ।
ट्राफिक प्रमुख जिसीका अनुसार यसमध्ये पनि गत वर्ष साउन महिनामा मात्र १ सय ६ वटा मोटरसाइकल कारवाहीमा परेका थिए । त्यसबाट १० हजार ६ सय राजश्व संकलन भएको थियो । तर गत वर्षको साउन महिनाको तुलनामा यस वर्ष कार्यालयमा राजश्व दोब्बरले बढेको छ ।
उनले गतवर्ष लकडाउनका कारण कम सवारी चल्दा राजश्व संकलनमा कमी आएको बताए । तर अहिले लकडाउन खुकुलोभएसगै सडकमा पनि सवारीको चाप बढ्दै गएको र चालकहरुले ट्राफिक नियमको पालना नगर्नाले पछिल्लो समय धेरै संख्यामा सवारी चालक कार्वाहीमा परेको उनको भनाई छ ।
उनले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरलोड, छतमा यात्रु राखेका, प्रयोजन विपरित चलाएका, लेन अनुशासन मिचेका जस्ता कारणले गर्दा उनीहरुलाई कानुनी दायरामा ल्याउने गरेको जानकारी दिए ।
२० सवारी दुर्घटना हुदा ४ जनाको मृत्यु
यसैबचि ट्राफिक कार्यालय दाङका अनुसार चालु आर्थिक बर्ष २०७८÷०७९ को साउन महिनामा २० वटा सवारी साधन दुर्घटनामा परेका छन ।
जसबाट १८ जना गम्भिर घाइते भएका छन भने ३ जना सामान्य घाइते भएका छन ।