२०८३ मङ्सिर ११ गते बिहिवार

त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित तिनजना पक्राउ


काठमाडौं,कार्तिक २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच केजी सात सय ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् ।

एयर अरेबियाको विमान चढेर युएईको शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *