
तुलसीपुर, असार १ । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयको आयोजनामा सञ्चालित ३ दिने टोल विकास संस्थाका पदाधिकारीहरुको अभिमुखिकरण कार्यक्रमको आज समापन गरिएको छ । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता एवं पुर्व जिविस सदस्य तथा कांग्रेस नेता केशव आचार्यको प्रमुख आतिथ्यमा भएको तालिमको समापन कार्यत्रममा वोल्दै प्रमुख अतिथि आचार्यले समाजलाई समृद्ध वनाउनका लागी टोल विकास संस्थाको अवधारणा महत्वपुर्ण रहेको वताएका छन् । आचार्यले स्थानिय तहहरुको सहकार्यमा टोल विकास संस्थाले सवैलाई समेटेर विकास निर्माणमा भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले स्थानिय तहहरुले टोल विकास संस्थाका पदाधिकारीहरुलाई अधिक्तम परिचालन गरि वडाको सहयात्रीको रुपमा अगाडि वढाउनुपर्ने धारणा राखेका थिए ।
वडा सदस्य सुवास डांगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वडा सदस्य घनश्याम गौतम, नेपाली कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष डिल्लीराज आचार्य, टोल विकास संस्थाको तर्फबाट घोराडवरा टोल विकास संस्थाका अध्यक्ष विर वहादुर वस्नेत, त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष कृष्ण वहादुर खत्री, रमाईलो टोल विकास संस्थाका अध्यक्ष कैशिला वली, मिलन टोल विकास संस्थाका कोषाध्यक्ष विन्दु चौधरी लगायतले आफ्नो धारणा राखेका थिए । वडा कार्यालयकी कर्मचारी लक्ष्मी चौधरीले सहजिकरण गरेको कार्यक्रममा वडा सदस्य निर्मा चौधरीले धन्यवाद ज्ञापन गरेका थिईन् । अभिमुखिकरण कार्यक्रमका सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
अभिमुखिकरण कार्यक्रमान तुलसीपुर उपमहानगरपालिकाको कार्यालयका साखा अधिकृतहरु टंक गौतम, झरेन्द्र खरेल, भिम वहादुर खत्री, अनन्त गौतम लगायतले टोल विकास संस्थाको महत्व, पदाधिकारीहरुको काम कर्तव्य तथा पदाधिकारीहरु जानकारी लिनुपर्ने विषय सम्वन्धी प्रशिक्षण दिएका थिए ।