बाकें,असोज १८ । बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । बैजनाथ गाउँपालिका-२ हरियालीचोक नजिकै स्थानीय ४८ वर्षीय राज चौधरीको ढिस्कोले पुरिएर ज्यान गएको हो ।
माटो खन्ने क्रममा ढिस्कोले पुरिएको खबर हुनसाथ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीको कमाण्ड ५ जनाको प्रहरी टोली तथा सशस्त्र प्रहरी बल तालिम केन्द्र नौवस्ताको टोली उद्धारका लागि उक्त स्थानमा पुगेको थियो ।
चौधरीलाई मृत अवस्थामा बाहिर निकालिएको तथा घटनास्थल शव जाँच प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।