२०८१ असोज २५ गते शुक्रवार

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हस्तान्तरण ग¥यो पाँच लाख रूपैयाँको कर्जा बीमा रकम

लमही,असोज १५ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाले कालि चौधरीलाई पाँच लाख रूपैयाँको कर्जा बीमा रकम हस्तान्तरण गरेको छ । लमही नगरपालिका वडा नं. २ सोनपुर लक्ष्मी महिला केन्द्र नं. ५५ मा आवद्ध रहेका सदस्य चौधरीले संस्थाबाट पाँच लाख कर्जा उपभोग गरेका थिए ।

चौधरीकी श्रीमान लक्ष्मण चौधरीको मृत्यु भएपछि सोमबार सस्थाले पाँच लाख विमा रकम हस्ताणतरण गरेको हो । लक्ष्मणको भदौ ६ गते मृत्यु भएकोथियो ।

 चौधरीलाई लमही नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नेपालु चौधरी र वित्तिय सस्था शाखा प्रवन्धक शिला जिसी, लेखापाल हेमला महताराले संयुक्त रुपमा चौधरीलाई पाँच लाखको बीमा रकम हस्तान्तरण गरेका थिए । 

चौधरीको श्रीमानको मृत्यु भएपछि सस्थाले कर्जा उपभोग गर्दा वापत गरेको विमा बापत सदस्य चौधरीलाई कर्जाको भार नपर्ने गरि पाँच लाख विमा वापतको रकम हस्तान्तरण गरेको सस्थाकी शाखा प्रवन्धक जिसीले जानकारी दिइन । 

विमा रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष चौधरीले लघुवित्त संस्था जसरी भर्मित भएको छ, त्यस्तो नगरहेको बताए । उनले गरिब, भूमहिन, तथा पछाडि पारिएका वर्ग, समुदाय र महिलाहरुको लागि लघुवित्त सारथी बनेको बताए । यस्तै कालि चौधरीले यस्तो दुःखदको समयमा घरमा आएर लक्ष्मी लघुवित्त संस्था सहयोग गरेको पाउदा आफन्तभन्दा नजिकको आभास भएको बताएकीथिइन ।

यस्तै सस्थाले चट्याङ, बाढी, पहिरो, हावाहुरी जस्ता दैविक प्रकोप, सदस्यका छोराछोरीले गरेको उच्च शिक्षा र सदस्यको सुत्केरी सुविधामा समेत सहयोग गर्दै आएको सस्थाकी शाखा प्रवन्धक जिसीले जानकारी दिइन । कार्यक्रममा सस्थामा आवद्ध महिलादिदी वहिनीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *