धनगढी , असोज १५ । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते छन् ।
मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ७ का २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी रहेका छन् ।
कञ्चनरको शुक्लाफाँटा नगरपालिका– ७ का २२ वर्षीया दिपक बोहोरा घाइते भएका छन् । उनी बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार थिए । उनको नवजीवन अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका – १ मा बा ९५ प ९२५२ नम्बरको मल्लले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको चौधरीले चलाएको से ६ प ६२७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार मल्ल साथीसहित काठमाडौंबाट दसैंका लागि घर तर्फ जाँदै थिए । दुर्घटनापछि गम्भीर घाइते मल्ल र चौधरीलाई अस्पताल पु¥याउना साथ गए राति नै चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनीहरु दुबै जनाको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।