२०८३ भाद्र १० गते बुधवार

बर्दियामा होममेड पेस्तोल फेला

बर्दिया,असोज १० । बर्दियाको मधुवन नगरपालिका– ८ कोठारी थारूको घरमा एक होममेड पेस्तोल फेला परेको छ।

भारतको बहराइज जिल्लाको मोतीपुर थाना उर्लाबजार घर बताउने सरोवर राइन बसेको कोठामा पेस्तोल फेला परेको हो।

राइन गत वैशाख १ गतेदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए। गत भदौ २० गते घरधनीलगायत कसैलाई पनि जानकारी नगराई कोठा छोडेर गएका थिए ।

घरबेटीले कोठा सरसफाइ गर्ने क्रममा सेतो फाइबरको झोलाभित्र पेस्तोल फेला परेको घरधनी कोठारी थारूले बताएका छन्।

पेस्तोल फेला परेपछि घरधनी थारूले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले पेस्तोलमा बरामद गरी आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

उनले भारतीय नागरिक सरोवन राइनको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *