२०८३ असार २७ गते शनिवार

घोराहीमा मोटरसाइकल वर्कसपमा आगलागी

दाङ,असोज ५ । दाङको घोराही उपमहानगरपालिका -१५ मा रहेको मिक्स मोटरसाइकल वर्कसपमा आगलागी भएको छ ।

शनिवार साझ ५ बजेतिर आगलागी हुँदा वर्कसपमा रहेका सम्पूर्ण सामान जलेर नस्ट भएको छ ।

मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट भयर आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट मानवीय, क्षति नभए पनि वर्कसप भित्र रहेकोे सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन गर्नेकाम प्रहरीले गरिरहेको छ ।

घोराही उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मी र स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रण आइसकेको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *