बाँके, असोज ३ । चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिती असोज १७ गतेसम्म छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।
९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वौत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ ।
फोटो पत्रकार तथा फोटो पत्रकार क्लव ‘पी क्लव’ का पूर्व अध्यक्ष विकास कार्कीको नेतृत्वमा फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन । फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार , दैनिक जीवन पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषी, खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माइल रहेका छन् ।
हरेक बिधामा एक जना ब्यक्तिले दुइ वटा सम्म फोटो पठाउन सक्नेछन । अन्तरालको अफिसियल वेवसाइट बलतबचब।िअयm।लउ लगइन गरेर फोटो पठाउन सकिनेछ । फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रर्दशनीमा देशभरवाट छानिएका एक सय ५१ फोटो राखिनेछ । साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ । जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाण्डौंवाट फोटो पत्रकारहरु आउने छन् ।
त्यहाँ फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन ।
फोटो प्रतिस्पर्धाको सर्वौत्कृष्टलाई विगतमा २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्दै आएकोमा पुरस्कार राशी यस बर्ष देखि दोब्बर बढी वृद्घि गरी ५१ हजार १ सय ११ रुपैयाँ पु¥याइएको छ ।
दोस्रो संस्करण सम्म लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका फोटो मात्रै सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो । राष्ट्रिय स्तरको प्रतिस्पर्धा भएकोले यस वर्षदेखि पुरस्कार राशी वृद्घि गरिएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन ।
हरेक विधाको उत्कृष्टलाई विगतमा नगद ५ हजार सहित प्रमाणपत्र दिने गरिएकोमा यस वर्ष वृद्घि गरिने भएको छ ।
फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटो मध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिने छ । यस अवार्ड विजेताले ५० हजार १ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छ ।
टप २५ वटा फोटोहरु मध्ये अनलाईन भोटिङ्गका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन ।
फोटो छनौट पछि १५ दिनको समय दिएर अनलाइन भोटिङ खुल्ला गरिने आयोजक अन्तरालले जनाएको छ ।
चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर
मा यस बर्ष पनि निरन्तरता दिइएको छ ।
गत बर्ष फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहवीच राजधानी काठमाण्डौंमा सो सहमति भएको थियो ।