२०८३ असार २८ गते आइतवार

गुडिरहेको गाडी माथिबाट पहिरो खस्यो,चालक र सहचालकले भागेर ज्यान जोगाए

सुर्खेत,भदौ २८ । कर्णाली राजमार्ग सञ्चालनमा आएको केहीबेरपछि नै गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको छ ।

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो ।

गाडी पूर्णरूपमा क्षतिग्रस्त भएपनि मानवीय क्षति भने नभएको कालीकोट प्रहरीले जनाएको छ ।

गाडीमा रहेका चालक र सहचालकले भने भागेर ज्यान जोगाएका छन् । यात्री झारेर अगाडि बढ्दा गाडीमा पहिरो खसेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *