दाङ,भदौ ५ । नेपाली बजारमा बुधबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ।
यसअघि भदौ २ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो।
सो दिन छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम रहेको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय २० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार