२०८१ भाद्र २८ गते शुक्रवार

आइतबार ३४ अंकले घट्यो नेप्से


काठमाडौं,भदौ २ । भदौ महिनाको पहिलो कारोबारको दिन शेयर बजारमा भारी गिरावट आएको छ ।

आइतबार नेप्से ३४ दशमलव ४७ अंकले घटेर २९६६ को विन्दुमा पुगेको छ ।

साउन महिनाको अन्तिम कारोबारको दिन भने ३ हजार विन्दुमा रहेको थियो ।

आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाखको कारोबार भएको छ ।

आज आज वाणिज्य बैंक समूहको शेयर सर्वाधिक ०.८४ प्रतिशतले बढेको छ । यस्तै जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सामान्य बढेको छ भने अन्य सबै समूहको शेयर घटेको छ ।

सबैभन्दा बढी घट्नेमा होटल एण्ड टुरिजम रहेको छ । यसको शेयर ४.४९ प्रतिशतले घटेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *