२०८१ असोज ३ गते बिहिवार

आज यी स्थानमा ठूलो पानी पर्ने

काठमाडौं ,साउन १० । अहिले बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले आज दिउँसो कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने आज भारी वर्षा हुने छ।

आज राति पनि कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ।

आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुने सबैलाई सुरक्षित रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *