निरला अर्याल, तुलसीपुर,असार १७ । लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा तुलसीपुर ९ मा रहेको अमृत पुर खानेपनि तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।
वातावरणीय सन्तुलन बिग्रिन नदिन तथा स्वच्छ वातावरणमा बनाउने उदेश्यल उक्त परिसरमा वृक्षरोपण गरिएको हो ।
मानब र वृक्ष बीचको सम्बन्ध प्रगाढ छ जो एक बिना अधुरो छ : बाँचुन्जेल अक्सिजन प्राप्त गर्नको लागि पनि रुख विरुको आवश्यक पर्ने भएकोले उक्त परिसरमा विरुव रोपेको क्लबका अध्यक्ष दीपक केसीले बताए ।
विभिन्न प्रजाति का बिरुवा हरु सितलचिनी, जामुना, मसला, बकाइनो, चिउरी, विजयसाल, टीक, जामुना, धुपी लगायत ४ दर्जन बढी बिरुवाहरू रोपिएको छ ।
रोपिएको बिरुवा हरुलाई संरक्षण गर्न क्लवले निरन्तरता दिने सचिव प्रकाश भुसालले बताए ।
कार्यक्रममा कार्यालय प्रमुख शुसिल काफ्ले बन डिभिजन कार्यालयका तुलसीराम काफ्ले लगायतकाले वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुर्याउने बताए।
ठाउ उपल्बध बनाइ दिने अमृतपुर खाने पानी लाई क्लवले विशेष धन्यबाद दिएको छ ।
क्लवले वातावरण, स्वास्थ्य, प्राकृतिक प्रकोप, राहत उद्धार तथा विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आईरहेको संस्थाका उपाध्यक्ष भीम ओलीले जानकारी दिए ।