२०८० मङ्सिर २३ गते शनिवार

बसको ठक्करबाट एक जनाको ज्यान गयो

चितवन ,कात्तिक १० । चितवनमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गए राति खैरहनी नगरपालिका–१ बहेरा चोकको पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का २३ वर्षीय आनन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *