२०८१ माघ १३ गते आइतवार

चाडपर्वलाई लक्षित गर्दै सरसफाई

तुलसीपुर,असोज २९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित भट्टेकुला टोलमा सरसफाई गरिएको छ ।

नजिकिदैँ गरेका दशैँ,तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै आफ्नो गाउँ आफै सफा गरौँ भन्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको संस्थाका अध्यक्ष ज्ञानेन्द्र विष्टले जानकारी दिए ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष थलराज पुरी,वडासदस्य शसिधर पौडेल लगाएत स्थानीय टोलवासीहरुको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको हो ।


त्यस कार्यक्रममा बोल्दै वडाध्यक्ष पुरीले टोललाई सुन्दर र सफा राख्न जथाभावी फोहर नफाल्न आग्रह गरे । उनले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जाड दिए ।


सरसफाई कार्यक्रममा १ सय २ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *