२०८१ बैशाख १० गते सोमवार

बाल सुधार गृहबाट फरार रहेका एक जना समातिए

बाँके,असोज १२ । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहबाट फरार रहेका एक जना बालबन्दी समातिएका छन् ।

असोज ४ गते राती १० बजे बाल सुधार गृहमा रहेका बालबन्दीका बीचमा आपसमा झडप हुँदा फरार रहेका चार जनामध्येका एक जना सन्देश गुरुङ दैलेखबाट समातिएका हुन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, बाँकेबाट खटिएको प्रहरी टोलीले दैलेखको जंगलमा लुकेर बसेका सन्देशलाई पक्राउ गरेको हो । बाल सुधार गृहबाट भागेका अन्य तीन जना समातिएका छैनन् । उनीहरुलाई खोज्न प्रहरीले टोली परिचालन गरेको छ ।

एक हप्ता अघिको झडपमा एक जना सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

बाल सुधार गृहमा भएको झडपमा अगुवाई गरेका ६४ जनालाई अलग राखिएको छ । उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *