२०८२ पुष ३० गते बुधवार

स्तरीय सुबिधा दिन प्रतिबद्द छौ ः व्यवसायी

तुलसीपुर,असार १९ । त्रिशिद्धे्रश्वरी राप्ती यातायात सेवा प्रालिमा आबद्द व्यवसायीहरुले स्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएका छन ।

मगंलबार प्रधान कार्यालय तुलसीपुरमा आयोजित छलफल कार्यक्रममा बर्षादको समयसगैं चाडपर्ब नजिकिदै गरेको भन्दै यातायातका साधन तयारी अबस्थामा राख्न निर्देशन गरिएको छ ।

सो अबसरमा लामो रुटका यात्रुहरुलाई स्तरीय  खानाको ब्यबस्था मिलाउन कमिटि समेत गठन गरिएको छ ।

सो अबसरमा प्रा.लिका अध्यक्ष सुरेश हमालले छोटो तथा लामो रुटका गाडीहरु चुस्त – दुरुस्त रुपमा राख्न पनि पदाधिकारिहरुको सहभागितामा उपसमिति गठन गरिएको जानकारी दिए ।

गाडीहरुको गुणस्तर,व्यवस्थापन र यात्रु मैत्रीरुपमा गाडी सञ्चालन गर्न अध्यक्ष हमालले व्यवसायीहरुलाई निर्देशन दिए ।

देशमा आर्थिक मन्दि चलिरहदा पनि प्रा.लिमा व्यवसायीहरुले नयाँ र स्तरिय गाडीहरु भित्रयाउने क्रम जारि रहेको भन्दै आन्तरिक व्यवस्थापनका लागि पदाधिकारिहरुको भुमिका उल्लेखनीय रहेको बताएका थिए ।

प्रालिका प्रशासनिक सचिब नारायण प्रसाद न्यौपानेलाई यात्रुहरुका लागी गुणस्तरिय खाना ब्यबस्थापनको जिम्मेवारि दिईएको छ ।

त्यसैगरि भारतका बिभिन्न शहरहरुमा गाडी सञ्चालन भैरहेको सन्दर्भमा व्यवस्पनका लागी प्रालिका प्रबन्धक पुस्कर धितालको नेतृत्वमा समिति समेत गठन गरिएको छ ।

त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले भारत सहित देशका ३५ बढि जिल्लाहरुमा दैनिक सेवा प्रदान गर्दै आईरहेको अर्का प्रशासनिक सचिब प्रकाश भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *