२०८३ बैशाख २ गते बुधवार

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा सुरु

विराटनगर,जेठ १३ । कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ

प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन गर्दै आएका पहिचान समर्थकको आन्दोलन उग्र बन्ने शंकामा जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ठाउमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अघि बिहान ६ बजेदेखि लागू भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले निषेधित क्षेत्रमा सर्वसाधारण तथा गाडी आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको उल्लेख गरेका छन ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

भोलिदेखि सुरु हुने कोशी प्रदेशको बर्खे अधिवेशन आन्दोलनकारीले प्रभावित पार्न सक्ने र आक्रमणकै डर भएकाले निषेधाज्ञा लगाइएको प्रशासनको भनाई छ ।

गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामाकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *