२०८२ चैत्र १ गते आइतवार

नेपालमा कोरोना सङ्क्रमणबाट थप २ जनाको ज्यान गयो

काठमाण्डौ,बैशाख ५ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ ।

यो सहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ९२ जनाको नमुना परीक्षण गर्दा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८५ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार चार सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *