शरद रेग्मी,
दाङ चैत ६ । दाङको दुधरासस्थित सोनापुर सिमेन्ट प्रालिले २ करोडको लागतमा मन्दिर र सामुदायिक भवन निर्माण गर्न लागेको छ ।
स्थानीय जनताको माग बमोजिम धार्मिक क्षेत्रको बिकासका लागि मन्दिर सहित सामुदायिक भवन र जेष्ठ नागरिकहरुका लागि विश्राम कक्षको समेत निर्माण गर्न लागेको निर्माण समितिका अध्यक्ष बामदेब रेग्मीले जानकारी दिए । ‘सोनापुर र स्थानीयको जनश्रमदानबाट बृहत योजना अगाडि सारेका छौ,’ अध्यक्ष रेग्मीले भने ‘सुबिधा युक्त सामुदायिक भवनमा जेष्ठ नागरिकको सम्मानका लागि पत्र पत्रिका र पौराणिक किताबहरुको समेत ब्यबस्था गर्ने छौं।’
रेग्मीका अनुसार बिश्वनाथ धाम मन्दिर निर्माण गर्न हाल सम्म करिब ४० लाख बराबरको खर्च भइरकेको छ । त्यसमा स्थानीयहरुको जनश्रमदानपनि जोडिएको छ । मन्दिर निर्माण र माटो फिलिङको काम भैरहेको र गुरु योजना अनुरुप २०७६ सालको अन्तिमसम्म संपन्न गर्न करिव दुई करोड रकम आबश्यक पर्ने अध्यक्ष रेग्मीले बताए ।
दुधरास बजारदेखि दक्षिणतर्फ बिश्व नाथ धाम टोलमा निर्माण हुन लागेको बिश्वनाथ धाम मन्दिरको काम अन्तिम चरणमा पुगेको छ भने अन्य भवनहरु निर्माण हुने क्रममा रहेको अध्यक्ष रेग्मीले बताए ।
मजदुरमाथि कुटपिट
यसैबीच मन्दिर निर्माणमा खटिएका सोनापुर सिमेन्ट उद्योगका भारतीय कामदारदलाई एक समुहले कुटपिट गरि घाइते बनाएको छ । त्यसप्रति मन्दिर निर्माण समितिले खेद प्रकट गरेको छ । बैठकले सामाजिक काममा खटिएका मजदुरलाई कुटपिट गर्नु घृणित र अमानविय कार्य भएको अध्यक्ष रेग्मीले बताए ।
मदजुरमाथि भएको कुटपिटको घटनाले निकै निन्दनी भएको बताउँदै आगामी दिनमा यस्ता अमानविय क्रियाकलाप दोहोरिन नदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको मन्दिर निर्माण समितिका सचिव रामकुमार डाँगीले जानकारी दिए ।
यसैबीच बैठकले बिश्व नाथ टोल बिकास संस्थाको अध्यक्षमा पदमबहादुर डाँगीलाई निर्बिरोध निर्बाचित भएको जानकारी दिएका छन् ।