२०८२ माघ २६ गते सोमवार

रेडक्रस सोसाइटी उपशाखा बागरको साधरणसभा तथा ७ औं अधिबेशन सम्पन्न

दंगीशरण,पुस ३० । रेडक्रस सोसाइटी उपशाखा बागरको ११ औं साधरणसभा तथा ७ औं अधिबेशन दंगीशरण गाउँपालिका वडा नं. ६ को शभाहलमा सम्पन्न भएको छ ।

रेडक्रस सोसाइटी उपशाखा बागरका सभापती सिब सुन्दर बुढाथोकीको शभापतीत्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा साधारणसभा तथा ७ औं अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सम्भु गिरीले रेडक्रस बिसुद्द मानबिय सेवाका लागी सधै अग्रणिय भुमिकामा रहेको स्मरण गर्दै रेडक्रसमा बस्ने पदाधिकारी सधै मानबिय सेवाका लागी स्वच्छ मनले लाग्नु पर्ने बताए ।

यस्तै वडा नं. ६ का वडा अध्यक्ष रोशन जङ शाहले आफु बाल्यकाल देखीनै रेडक्रस प्रती प्रेरीत रहेको बताउदै आफु रेडक्रसको आजिबन सदस्य हुन चाहेको बताए ।

वडा नं. ७ का वडा अध्यक्ष रेशम बहादुर वलिले रेडक्रस आफैमा पबित्र संस्था रहेकाले रेडक्रसको भुमिकाको उच्च प्रसंसा गरे ।

शुक्रबार सम्पन्न ७ औं अधिबेशनबाट गिरीराज न्यौपाने सर्बसम्म्त शभापतीमा निर्बाचित भएका छन ।

गिरीराज न्यौपानेको शभापतीत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जस्को उपशभापतीमा सिमा न्यौपाने ,सचिबमा लक्ष्मण देबकोटा, कोषाध्यक्षमा महेश थापा उपसचिबमा श्रीमणी न्यौपाने, उप कोषाध्यक्षमा नेत्र बहादुर देबकोटा सदस्यहरुमा गिता कुमारी पौडेल , भरत अधिकारी ,तुलसीराम देबकोटा ,श्रीधर शर्मा र बिस्णु गौतम रहेका छन ।

बागर उपशाखाका सदस्य श्रीधर शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उपशाखा बागरका निबर्तमान सचिब राजु न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *