२०८२ माघ २८ गते बुधवार

लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी

नवलपरासी, पुस २० । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले तालाबन्दी गरेको हो ।

एक हप्तादेखि सञ्चालनमा आएको लुम्बिनी चिनी उद्योगले स्थायिनसँग गरेको सहमति विपरित उद्योगमा इन्धनको रुपमा धानको भुस प्रयोग गरी सुनवलको बजार क्षेत्रमा व्यापक रुपमा धुलो उडाएको, उद्योग सञ्चालन पूर्व उद्योग क्षेत्रको सरसफाई नगरेको लगायतका विषयको सुनवाइ उद्योग सञ्चालकले नगरेको भन्दै स्थानीयवासीको समूहले उद्योगको मुल गेटमा तालाबन्दी गरेको सुनवल–१ का स्थानीयवासी दीपक खनालले बताए ।

गत सोमबारदेखि सञ्चालमा आएको लुम्बिनी चिनी उद्योगले सञ्चालनका क्रममा भट्टीमा आगो बाल्नका लागि धानको भुस प्रयोग गरेको थियो । धानको भुसले बालेपछि उद्योगको चिम्नीबाट जलेको खरानी सुनवल क्षेत्रका बजारमा व्यापक रुपमा उडेको थियो ।

कालो खरानी उडेर घर, खेत र बजारका पसलहरुमा समेत कालो फैलिएपछि स्थानियवासीले विरोध गर्दै आएका थिए । उद्योगले सो समस्या हल गर्न माग गर्दासमेत सुनवाइ नभएपछि सुनवल नगरपालिकाका स्थानियवासीको एउटा समूहले मङ्गलबार दिउँसोदेखि उद्योगको मूल गेटमा तालाबन्दी गरेका छन् ।

गेटमा तालाबन्दी गरेपछि चिनी उत्पादनको काम मङ्गलबार बेलुकादेखि रोकिएको छ ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *